काठमाडाैँ –  प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नानकाे राैनक काभ्रेकाे पनाैतीमा पनि छाएकाे छ।

बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरी बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परालाई पनाैतीका महिलाहरूले  पनि विधिवत रूपमा पालना गरेका छन्।

काठमाडाैँकाे शाखुमा रहेकाे शालीनदीमा जस्तै पनाैतीमा पनि यस अवसरमा पूजा आराधना गर्ने भक्तजनहरूकाे भीड रहेकाे छ।

देश सञ्चारका फाेटाे पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरू हेर्नूहाेस्: