राष्ट्रियसभा सदस्य उपनिर्वाचन: सत्तारूढ दलबाट एमालेका कुमार दसाैदीकाे मनाेनयन दर्ता (तस्बिरसहित)

दाङ- राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसाैदीले मनाेनयन दर्ता गरेका छन्।

सतारूढ दलकाे तर्फबाट उनले मनाेनयन दर्ता गरेका हुन्। दसाैतीकाे प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पाेख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ समर्थक रहकी छन्।

माघ २५ गते हुने उपनिर्वाचनमा बुधबार मनाेनयनकाे कार्यतालिका थियाे। कांग्रेसकाे तर्फबाट माधव आचार्यले मनाेनयन दर्ता गर्दैछन्।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराइले राजीनामा दिएपछि रिक्त रहेकाे पदमा राष्ट्रियसभा सदस्य चयन गर्न उपनिर्वाचन गर्न थालिएकाे हाे।

तस्बिरहरू हेर्नूहाेस् :

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्