कोहलपुरमा पनि दादुराविरुद्धको खोप अभियान

फाइल तस्बिर
नेपालगञ्ज – बाँकेको कोहलपुरमा पनि आजदेखि दादुराविरुद्धको खोप लगाउन शुरु गरिएको छ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, कोहलपुर नगरपालिकाका चार वटा वडाका ६ वटा खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको छ।
कोहलपुरमा पहिलो दिन २, ११, १३ र १४ नम्बर वडामा खोप अभियान सञ्चालन गरिएको छ । कोहलपुर नगरपालिकामा १५ वटा वडा छन्। कोहलपुरका चार वटा वडामा ६ जना संक्रमित फेला परेका छन्।
जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, डुडुवा र नरैनापुर गाउँपालिकामा खोप अभियान सञ्चालनमा गरिएको छ । यी सबै पालिकामा करिव तीन सय जना संक्रमित फेला परेको सम्बद्धको भनाइ छ।