नागरिक उन्मुक्तिले दियाे राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी

दाङ- नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मनाेनयन दर्ता गरेकाे छ।

सतारुढ दलभित्र रहेपिन नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दिएका हुन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठकाे उपस्थितिमा रायले उम्मेदवारी दिए।

प्रस्तावकमा प्रदेश सभा सदस्य राजकुमार चाैधरी र समर्थकमा अर्का प्रदेश सभा सदस्य धर्मबहादुर चाैधरी छन्। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई समर्थन रहे पनि आफूहरु गठबन्धन दलभित्र नरहेकाे बताइन्।`

सरकारलाइ विश्वासकाे मत दिए पनि हामी प्रतिपक्षकाे वेञ्चमा छाैं । हामीले उठाउँदै आएकाे न्यायकाे मुद्दा सम्बाेधन नहुँदासम्म सरकारलाइ हाम्राे सहयाेग रहँदैन´उनले भनिन्,’हामीले दिएकाे उम्मेदवारी फिर्ता लिदैनाैं ।´

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्