छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत २ देखि

काठमाडौँ – छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने भएको छ।

काठमाडौंमा बुधवार एक कार्यक्रमबीच निफले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा गरेको हो।

कार्यक्रमबारे जानकारी गराउँदै कार्यक्रमका मिडिया संयोजक दिवस गुरागाईंले चैत २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने बताए।

उनले ५५ देशबाट आएका ५ सय बढी चलचित्रको चाङबाट ३५ देशका ९५ चलचित्र छनोट गरिएको जानकारी दिँदै विगतमा झैँ यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रको ७ विधामा १४ पुरस्कार वितरण गरिने बताए।

उनले यस पटकबाट निफका प्रतिस्पर्धी चलचित्र सिनेमा हलमा प्रदर्शन गर्ने र क्युएफएक्स सिनेमासँगको सम्झौताअनुसार काठमाडौंको छायाँ सेन्टर सिभिल महल, ललितपुरको लबिङ महल र भक्तपुरको क्युएफएक्स सिनेमा हलमा चलचित्र प्रदर्शन हुने बताए।

महोत्सवममा चलचित्र क्षेत्रका ख्यातिप्राप्त र अनुभवी चलचित्रकर्मी र कलाकारको सहकार्यमा विविध कार्यशाला अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्