कारणको जनाउ दिएर

आत्मदाह गर्ने प्रेमले

त्यसै मर्न मन भएर होइन

उत्पीडन, निराशा र उपेक्षाको जीवनलाई

यसै राख्न थेग्न नसकेर

पीडा र वेदना भन्न खोज्दा सुन्नेहरु नदेखेर

आगोको ज्वाला मार्फत

छरपस्ट देखिने गरी

केही क्षणको परम पीडालाई मित्र बनाउँदै

एउटा ठूलै रत्तेली र दोहोरी घरकै छेउमा

आफूलाई सकेछन्,

कठै! हार्दिक, हार्दिक श्रद्धाञ्जली !!

तिम्रो शाहसलाई नमन

र तिम्रो वलिदानीलाई

उच्च भावपूर्ण सम्मान।

तिम्रो आत्मदाहको अठोटमा

एउटा परिवारको प्रेम मात्र जलेन,

सिङ्गो देश नै बल्यो दनदनी

नेपाली जले ह्वार्ह्वारी

बिदेशिएका नेपालीका वेदनाहरु बले

सायद आगोका लप्टाहरु पनि रोए,

तिम्रो शरीरवाट निस्किएका आगोका लप्टाहरु

लुट र अत्याचार

स्वार्थ र पाखण्डहरु हेर्दै र सम्झदै सर्माए पनि होला,

प्रेमले आफू जलेर पनि

लुट,स्वार्थ र अत्याचारहरु बालेरै देखाए।

अब हेर्नु छ

के न्याय पाउला उनले बालेको शरीरले?

नयाँ र पुराना दुवै थरी छन् अहिले

हामी जनताका हुँ भन्नेहरु!

हेर्दै जाने त होला

न्याय चाहिँ होला नहोला

नियती र यो कुशासन यथावत रहला

कि केही होला?

अनि प्रेमको शरीरको आगोले

सोधेको प्रश्नको जवाफ आउला?

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्