होटलको नक्कली बिल बनाइ भुक्तानी दिएको अभियोगमा चारविरुद्ध मुद्दा

फाइल तस्बिर।

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले होटलको नक्कली बिल बनाइ भुक्तानी दिएको अभियोगमा चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सुर्खेत पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढासहित ४ जनाले गैरकानूनी रुपमा होटलको बिल बनाई नगरपालिकाबाट भुक्तानी लिएको अभिायेगमा आयोगले मुद्दा दायर गरेको हो।

२०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहन बहादुर बुढाले होटल संचालकसँग खाली बिल लिई आफू खुशी भरी त्यस बापट भुक्तानी लिएको ठहर आयोगले गरेको छ।

उनले गोश्वारा भौचर र बैँक चेकमा समेत प्रमुख प्रशासकीय अधिकृतको दस्तखत महलमा किर्ते दस्तखत गरी बुढाले २ लाख ६२ हजार ५०२ भुक्तानी दिएका थिए।

त्यस्तै आयोगले न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजाली, अधिकृतहरु (छैटौ) लालबहादुर सुवेदी, र तुलसी केसीले गैरकानुनी रुपमा भुक्तानी लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

माघ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्