डुङ्गा डुब्दा आठ जना बालबालिकाको मृत्यु

फाइल फोटो
आक्रा – घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार विद्यालयका आठ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडिएमओ) ले सञ्चारमाध्यमलाई भन्यो कि तालको छेउमा रहेको वायोकोपमा स्कूल जान लागेका २० विद्यार्थीमध्ये आठ जनाको मृत्यु भएको छ। यीमध्ये पाँच जना केटा र पाँचदेखि १२ वर्षका तीन केटी थिए।
घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।