शाहरुख खानको ‘पठान’ले कमायो एकैदिन ५७ करोड

काठमाडौँ – बलिउड अभिनेता शाहरुख खानको चलचित्र ‘पठान’ले बक्सअफिसमा शानदार प्रदर्शन गरेको छ।

बुधबारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन भारतमा मात्रै ५७ करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको छ।

बलिउड ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार भारतमा ‘पठान’को हिन्दी भर्सनले ५५ करोड तथा तमिल र तेलुगु भर्सनले दुई करोड रुपैयाँ कमाएको छ। जुन हालसम्म कुनै पनि बलिउड चलचित्रले गरेको ठूलो ओपनिङ हो।

सामाजिक सञ्जालमा चौतर्फी ‘बाइकट’ अभियान चलाइए पनि चलचित्रले शानदार व्यापार गरेको हो।

सद्धार्थ आनन्दको निर्देशनमा बनेको चलचित्रमा शाहरुख खानका साथै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका छ।

माघ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्