हटाइयो सिमकोट विमानस्थलको हिउँ (फोटो फिचर)

सिमकोट – सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाइएको छ। विमानस्थलमा जमेको हिउँ गाडी प्रयोग गरेर फालिएको हो।
उक्त कार्य बिहीबार बेलुका मात्र सम्पन्न भएको हो। विमानस्थलमा जमेको आधा हिउँ फालेर सकिएका बेला गाडीमा समस्या आएपछि हिउँ फाल्ने कार्य रोकिएको थियो।
दुुई दिन लगातार हिमपात हुँदा विमानस्थलमा दुुई फिट हिउँ जमेको थियो। विमानस्थलले हिउँ फाल्नका लागि व्यवस्था गरेको गाडी बिग्रिएपछि समस्या आएको थियो। तर, बिहीबार दिउँसोबाट विमानस्थलकै अर्को गाडी र एयरलाइन्सका कर्मचारी र सुरक्षाकर्मी मिलेर हिउँ फालिएको हो।
रन–वेको हिउँ फाल्ने कार्य पूरा भएको र भोलि राम्ररी घाम लाग्यो भने बिहान ११ बजेसम्म उडान हुन सक्ने विमानस्थलका कर्मचारीले बताएका छन्। रन–वेको हिउँ पाल्न नसकिए पनि एप्रोनको हिउँ सफा भएपछि सेनाको हेलिकोप्टरले भने बिहीबार एक उडान सिमकोट विमानस्थलका लागि भरेको छ।