मीनबहादुर गुरुङ, पवन गोल्यान, उपेन्द्र महतोसहित १२ बिरुद्ध प्रेम आचार्यको आत्महत्या दुरुत्साहनमा उजुरी

काठमाडौँ– संसद् भवनअगाडि आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यलाई आत्महत्यामा दुरुत्साहन गरेको भन्दै सरकार, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ,गोल्यान ग्रुपका प्रमुख पवन गोल्यानसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध उनकी श्रीमती नानुका अधिकारीले प्रहरीमा उजुरी दिएकी छन्। प्रेमकी श्रीमती नानुकाले महानगरीय प्रहरी परिसर टेकु र बानेश्वर प्रहरी वृत्तमा जाहेरी दर्ता गराएकी हुन्।

काठफोर्ड इन्टरनेशनल कलेज र सान इन्टरनेशल कलेजसहित १२ जना व्यक्ति र संस्था विरुद्ध बुधबार बानेश्वर प्रहरीमा नानुकाले उजुरी दिएकी हुन्।

आचार्यकी श्रीमती नानुकाले सरकारविरुद्ध पनि उजुरी गरेकी छन्। उनले डा. उपेन्द्र महतोको नेपाल ग्रामोध्योग कम्पनी, सुजुकी इन्टरनेसनल, डाबर नेपाल, इलामको साङपाङ डेरी, मेट्रोतरकारी डट कम, कन्याम इन, झापा धुलाबारीका अनिल भेटवाललगायतबिरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी दिएकी हुन्।

नेपालको संविधानले प्रदान गरेको प्रत्यक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने लगायत मौलिक हकहरुको रक्षा गर्न नसकेको भन्दै सरकारबिरुद्ध पनि उजुरी परेको हो। नानुकाको उजुरीमा

इलामका प्रेमप्रसाद आचार्यले गत मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका थिए। उनको उपचारको क्रममा बुधबार मृत्यु भएको छ।

आत्मदाह गर्नुअघि उनले राज्य र विभिन्न संघसंस्थाविरुद्ध आक्रोश पोख्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए।

माघ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्