मधेस प्रदेशः बिनाविभागीय मन्त्रीको विभाग तोकियो

जनकपुरधाम – मधेस प्रदेशका बिनाविभागीय मन्त्रीको विभाग तोकिएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई दिएका छन्।

यस्तै, जनता समाजवादी पार्टीबाट मन्त्री बनेका संजय कुमार यादवलाई अर्थ मन्त्रालयको जिम्मा दिइएको छ भने जनमत पार्टीका वसन्तकुमार कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ।

बिहीबार प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवको सिफारिसमा नेपालको सवंविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्मा बिना विभागीय मन्त्रीको जिम्मेवारी तोकेका छन्।

मुख्यमन्त्री यादव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुृद मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय आफैसँग राखेका छन्।

माघ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्