माेटरसाइकलकाे ठक्करबाट महिलाकाे मृत्यु

सांकेतिक तस्बिर।
धनगढी – कैलालाीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडाभित्री सडकखण्डमा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको हो।
बिहीबार साँझ सु.प.प्र ०१००९ प २३०८ नम्बरको मोटरसाइकलको ठक्करबाट चन्द घाइते भएकी थिइन्।
उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार ठक्कर दिने मोटरसाइकलका चालक सुरेन्द्र भण्डारी घाइते भएका बताए।
उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।