मधेस प्रदेशका दुई मन्त्रीले गरे पदभार ग्रहण

जनकपुरधाम – मधेस प्रदेशका दुई मन्त्रीले पदभार ग्रहण गरेका छन्।

नियुक्त भएको करिब दुई सातापछि विभाग पाएपछि शुक्रबार मधेसका दुई मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउने बताएका छन्।

पदभार ग्रहण गर्दै उनले मधेसको विकासका लागि हरेक जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्नका लागि गौरव आयोजनाको रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

साथै, उनले प्रदेश सरकारले मझौला खालको योजनाहरू ल्याउने बताए।

यस्तै, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका जनमत पार्टी वसन्त कुश्वाहा पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर कामगर्ने बताए।

जनमत पार्टीले गरेको किसान आन्दोलनलाई स्मरण गर्दै उनीहरूको समस्या समाधान प्राथमिकतामा रहेको भन्दै उनले यसका लागि किसान कार्ड लागु गर्ने योजना रहेको बताए।

यता, अर्थमन्त्री सञ्जय यादवले भने अहिले पदभार ग्रहण गरेका छैनन्।

माघ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्