धनुषाबाट पेस्तोलसहित एकजना पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम – धनुषामा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नं. ७ का २८ वर्षीय रौशन महतो रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

बिहीबार राति ८ बजे मिथिला–२ नकटाझिझ चौकस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा महतोलाई चेकजाँच गर्दा माउजर पेस्तोल १ थान, लोड गरिएको गोली २ थान र १ थान म्याग्जिन बरामद गरिएको प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइ थप अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

माघ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्