माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने

काठमाडौँ–नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको शुक्रबारको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको छ।

बिहिबार र शुक्रबार गरी दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा कांग्रेसको पनि विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ? भनी प्रश्न सोधेका थिए।

धेरैजसो सहभागीले कांग्रेसलाई समेत विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आइपुगेको भन्दै त्यसैका लागि अघि बढ्न प्रचण्डलाई सुझाव दिएका थिए।
प्रचण्डले हिजोको बैठकमा पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर पार्टीका स्थायी कमिटी सदस्यहरुसँग परासर्म लिएका थिए।

माघ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्