स्याडाँवासी एक हप्तादेखि अन्धकारमा

सिमकोट – सिमकोट गाउँपालिका–८ को स्याँडा गाउँका स्थानीय एक हप्तादेखि अन्धकारमा बस्न बाध्य छन्। गाउँमै उत्पादन गरिएको लघुुजलविद्युत् योजनाको टर्वाइनमा समस्या आएपछि विद्युत् उत्पादन कार्य बन्द हुँदै आएको हो।
उक्त गाउँका वडाध्यक्ष कमल बुढाले विद्युत् अवरुद्ध हुँदा करिब २ सय ७० घरधुरीमा अन्धकार छाएको बताए। उनले स्याँडा गाउँका लागि उत्पादन गरिएको लघुजलविद्युत्् योजनाको पावर हाउसमा राखिएको टर्वाइनमा खराबी आएपछि विद्युत् अवरुद्ध भएको जानकारी दिए।
गारघट्ट खोलामा सात वर्षअघि पावरहाउस निर्माण गरी जलविद्युत् उत्पादन भएको थियो। सो विद्युत्् भएपछि उक्त गाउँका लागि हिल्दुुम साना जलविद्युत् आयोजनाको विद्युत हालसम्म लाइन विस्तार गरिएको छैन।
यसपालिको एसईईको तयारी गरिरहेकी कविता परियारले विद्युत्् आपूर्ति बन्द भएपछि आफूहरू सल्लोको दियालो बालेर अध्ययन गर्न बाध्य भएको बताइन्।
वडाध्यक्ष बुढाले बिग्रेको विद्युत् मर्मत–सम्भारका लागि गाउँपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारमा पहल गरिरहेको बताए।
उक्त विद्युत्ले अन्य इलेक्टोनिसका सामग्री प्रयोग गर्न पावरले नभ्याए पनि विद्युत् बाल्नका लागि प्राप्त मात्रामा भोल्टेज थियो। विद्युत् आपूर्ति कार्य बन्द हुँदा स्याँडाका स्थानीय अन्धकारमा बस्न बाध्य हुँदै आएका छन्।