पुसमा मधेसमा ३८४ सवारी दुर्घटना, ४१ जनाकाे मृत्यु

वीरगञ्ज – एक महिनाको अवधिमा मधेस प्रदेशमा ३ सय ८४ वटा सवारी दुर्घटना भएका छन्।मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले दिएको जानकारीअनुसार चालु वर्षको पुस महिनामा ३ सय ८४ सवारी दुर्घटना भएको हो।

यी दुर्घटनामा परि ४१ जनाले ज्यान गुमाएका छन भने ५ सय ५० जना ब्यक्तिहरु घाईते भएका छन् ।सवारी दुर्घटनामा परि मृत्यु हुनेहरुमा ३५ जना पुरुषहरु रहेका छन भने चार जना महिला र दुई जना बालिकाहरु रहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवम् प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

सवारी दुर्घटनामा परेर ४ सय ९ जना पुरुष,७८ जना महिला ३५ जना बालक र २८ जना बालिकाहरु घाईते भएको उनले बताए ।यस अवधिमा २६ वटा सवारी दुर्घटना समबन्धी मुद्दा दर्ता भएका छन्। पुसमा २६ हजार ८७४ वटा सवारी साधनहरुलाई कारवाही गरेर रु. २ करोड ६ लाख २८ हजार राजश्व संकलन गरिएको प्रबक्ता तिम्सिनाले जानकारी दिए ।

 

माघ १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्