अवरुद्ध हवाई सेवा सुचारु

सिमकोट – अवरुद्ध हुँदै आएको हिमाली जिल्ला हुम्लाको हवाई सेवा शुुक्रबार बेलुुकाबाट सुचारु भएको छ। बिमानस्थलमा जमेको हिउँ सुरक्षाकर्मीले फालेपछि बेलुका साढे तीन बजेबाट उडान सुचारु भएको हो।
तारा एयर सिमकोट स्टेसनले चार दिनपछि हिमपातको कारण अवरुद्ध हुँदै आएको हवाई सेवा सुचारु भएको जनाएको छ। विमानस्थलमा जमेको दुुई फिट हिउँ सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरूले हातैले फालेका थिए।
तारा एयरको जहाजले यात्रु नेपालगञ्जबाट सिमकोटका लागि उडान भरेको थियो। हिमपातका कारण अवरुद्ध हुँदै आएको हवाई सेवा सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ। यसबाट नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुु तथा सिमकोटबाट ती दुुवै स्थानमा झर्ने यात्रुलाई सहज भएको छ भने सिमकोटबाट जडीबुटी ढुुवानी हुन पाउनेछ।
खाद्यान्न तथा कार्गोको सामानसमेत ढुवानी हुन पाउनेछ। एक दिनअघि जुम्ला र बाजुुरा जिल्लामा उडान सुचारु भएका थियो भने अझै डोल्पाको ताल्चा र मुुगुुको ताल्चा विमानस्थलमा भने अझै हवाई सेवा सुचारु हुन सकेको छैन।