दान पेटिकाको रकममा तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीको घोषणा

फाइल तस्बिर।

काठमाडौँ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयमा राखिएको दान पेटिकामा संकलित रकम शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन्।

उनले आफू मन्त्री भएलगत्तै बधाई दिन आउनेलाई खादा, माला नल्याउन बरु त्यसबापतको रकम दान पेटिकामा जम्मा गर्न भनेर मन्त्रालयमा दान पेटिका राखेका थिए।

उनले शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो घोषणा गरेका हुन्। उक्त दानपेटिकामा जम्मा भएको रकममा आफ्नो एक महिनाको तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीले घोषणा गरेका छन्।

उनका अनुसार दान पेटिका बन्द गरिसकिएको छ। बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताएका छन्।

संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताएका छन्। उनका अनुसार विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुनेछ।

माघ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्