राष्ट्रपतिको चुनाव सारे अनिष्ट हुन्छ–डा शेखर कोइराला

काठमाडौँ–नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुनेमा जोड दिएका छन्।

शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को विराटनगरमा प्रथम अधिवेशन उद्घाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका हुन्।

निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने उनको भनाइ छ। ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवस्यक छैन,’ कोइरालाले भने भने।

डा कोइरालले कांग्रेसले पनि राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए। कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मुलुकमा प्रेस स्वतन्त्रताको लागि निरन्तर लड्ने प्रतिवद्धता व्यक्त गरे।

माघ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्