१. चुहिएकै छ
भाइले घर छाडे
खर नछाड।

२. जनता– गाई
सत्ता – दारको ठेकी
पर नछाड।

३. सस्तो के छ र?
बेच्न जान्न पर्दछ
दर नछाड।

४. वरै राख्नू ल!
बाक्लै लाग्छ घीउ
तर नछाड।

५. मसीको रङ्ग !
बुढी अ‍ौँलामा निलो
न्यायमा कालो !

६. कर नगर
न्यायका नौ सिँङ् छन्
चर नछाड।

७. इमान छर
राम्रै उम्रन्छ पक्का
भर नछाड।

८. बञ्जर बाँझो
भिजाऊ पसिनाले
घर नछाड।

९. डङ्ग्रङ्ग लड्यौ
उठ विस्तारै चढ
चुम शिखर।

१०. भनेकै थिएँ–
लिस्नो ठाडो’थ्यो चढ्यौ
विस्तारै झर।

माघ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्