‘सरकारलाई विश्वासको मत दिँदैमा कांग्रेस विपक्षी दलबाट कट्टा हुँदैन’

फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताएका छन्।

शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसाबबाट बुझ्न नहुने बताए।

उनले संविधानले विपक्षी नेताको व्याख्या गरेको भए पनि विपक्षी दलको व्याख्या नगरेको बताए। उनले नेपाली कांग्रेस सरकारलाई विश्वासको मत दिँदैमा विपक्षी दलबाट कट्टा हुन नरहेको जिकिर गरे।

गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदका अधिकांश दलहरुले विश्वासको मत दिएका थिए। नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थिएन। नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि संसदमा अहिलेसम्म पनि प्रमुख प्रतिपक्ष दल को हो भन्ने प्रश्न रहेको छ।

माघ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्