अस्ट्रेलियन ओपनः साबलेन्काले जितिन करिअरको पहिलो ग्रान्डस्लाम

काठमाडाैँ – बेलारुसकी विश्व नम्बर ५ अर्याना साबालेन्काले अस्ट्रेलियन ओपनको महिला एकलको उपाधि जितेकी छन्। शनिबार मेलवर्नमा भएको प्रतिस्पर्धातम्क फाइनलमा सावालेन्काले एलेना रिबाकिनालाई पराजित गर्दै करिअरको पहिलो ग्रान्डस्लाम जित्न सफल भइन्।
निकै प्रतिस्पर्धात्मक खेलमा २४ वर्षीय सावलेन्काले पहिलो सेट गुमाएपनि त्यसपछि पुनरागमन गर्दै जित हात पारिन्। उनले काजकिस्तानकी एलेनामाथि ४–६, ६–३ र ६–४ को सेटमा जित निकाल्दै वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन आफ्नो पक्षमा पारिन्।
बेलारुसकी भए पनि साबलेन्काले तटस्थ झन्डामुनि रहेर उपाधि जितेकी हुन्। युक्रेन युद्धमा रसियालाई बेलारुसले समर्थन गरेका कारण उनी तटस्थ झन्डामुनि रहेर अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गरेकी थिइन्।
रसिया तथा बेलारुसका खेलाडीलाई सम्बन्धित देशको झन्डाबाट प्रतिस्पर्धा गर्न रोक लगाइएको छ।