लिमीमा बहुुपति प्रथा घट्दै

सिमकोट – हिमालपारिको गाउँ लिमीमा बहुपति प्रथा न्यूनीकरण हुँदै गएको पाइएको छ। बहुुपति प्रथाको नकारात्मक पक्षबारे अहिलेका युवायुवतीमा जानकारी हुनुु र अधिकांश युवायुवती लिमीबाहिर अध्ययन गर्न थालेपछि यो प्रथा कम हुँदै गएको हो।

नाम्खा गाउँपालिका– ६ को लिमीको जाङ गाउँका कुन्जोक तामाङले पहिलेको तुलनामा लिमीका तीनै गाउँमा बहुुपति प्रथा घट्दै गएको जानकारी दिए।

उनले पहिले घरमा जति जना दाजुु भाइ भए पनि एउटै श्रीमती हुने लिमीमा अहिले भने भाइपिच्छे श्रीमती विवाह गर्ने चलन बढेको बताए।

यसअघि एकल विवाह गर्ने भाइले घरबाट निकालिनुपर्ने र बुुवाको अंशसमेत लिन नपाउने चलनमा अहिले त्यसो हुन छाडेको छ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङ बहुपति प्रथाका विकृतिबारे नयाँ पुस्ताका युवायुवतीमा जानकारी हुन थालेपछि यो विवाह गर्ने चलन कम हुँदै गएको बताए।

बहुुपति प्रथा धेरै हुँदा लिमीमा युवतीहरू धेरै बिबाहै नगरी बस्नुुपर्ने अवस्था पनि अहिले कम भएको छ। अहिले फाट्टफुट्ट घरमा मात्र बहुुपति प्रथा कायम रहेको बताउँदै उनले बीसदेखि तीस प्रतिशत युवायुवतीले मात्र बहुुपति प्रथा स्वीकार गर्ने गरेको बताए।

अर्को कुरा पछिल्लो समय लिमीका तीनै गाउँका युवायुवती काठमाडाँै र भारतमा अध्ययन गर्ने गरेका कारण पनि यो प्रथा कम हुन सहयोग मिलेको हो।

माघ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्