तिमी मेरा अगाडि आऊ
अलिकति मुस्कान सापट देऊ
म मेरा ओठहरू चलाउने छु
केवल तिमीलाई मात्र तिमीलाई
आशाको जीवन केन्द्र बनाउनेछु।

तिमी मेरा अगाडी आऊ
अलिकति आँशु साँपट देऊ
म मेरा आखाँहरूमा राख्नेछु
केवल तिमीलाई मात्र तिमीलाईं
संझनाको जीवन सागर बनाउनेछु।

तिमी मेरा अगाडी आऊ
केहि पलकालागी साथ देऊ
म तिमीलाई उत्कृष्ट सिगार्नेछु
केवल तिमीलाई मात्र तिमीलाई
सुन्दर जीवनको नमुना बनाउनेछु।

तिमी एकपटक मेरो भएर आऊ
थुप्रै पटक मुस्कान पस्कन बाँकी छ
अगालेर ब्यथाहरूमा रून बाँकी छ
कैयन सपनाहरूमा हिडन बाँकी छ
जुन बनेर साँझमा झुल्कन बाँकी छ।

माघ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्