‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार युवराज घिमिरेलाई 

काठमाडौँ-  नोना कोइराला ‘स्मृति पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार युवराज घिमिरे सम्मानित भएका छन्। 

कांग्रेस नेतृ नोना कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा विराटनगरमा शनिबार आयोजित कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षक तथा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकार घिमिरेलाई पुरस्कार वितरण गरेका हुन्।

नोना कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएपछि देशसञ्चारका सम्पादकसमेत रहेका पत्रकार घिमिरेले आलोचकलाई आलोचितले सम्मान गर्ने प्रजातन्त्रको सुन्दरता भएको उल्लेख गर्दै नेतृ नोना कोइरालाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँदा आफूलाई सम्मानित महसुस भएको बताए।

माघ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्