अयोध्या लगिने देवशीलाको जानकी मन्दिरमा पूजा (तस्बिरसहित)

जनकपुरधाम- भारतको उत्तर प्रदेशको अयोध्या लैजान लागिएकाे देव शिला जनकपुरधाम पुगेको छ।
आइतबार जानकी मन्दिरको प्राङ्गणमा उक्त शिलाको पूजन गरिएको छ।
शिला पूजनमा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, जुली महासेठ, मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल, लोसपाका नेता अनिल झालगायतको उपस्थिति थियो।
अयोध्यामा निर्माणाधीन राम मन्दिरमा प्रतीमा स्थापनाका लागि कालीगण्डकीबाट शिला लगिँदै छ। सोही शिला जनकपुरधाम पुगेपछि जानकी मन्दिर प्राङ्गणमा विशेष पूजा अर्चना गरिएको हाे।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले यो शिलालाई बुधबारसम्ममा राम जन्मभूमिको ट्रस्टमा पुर्याउने बताए।
हेर्नूहाेस् तस्बिरहरू: