तोलामा २ सयले बढ्यो सुनकाे मूल्य, आज कतिमा हुँदैछ काराेबार?

सांकेतिक तस्बिर।

काठमाडौँ – साताकाे पहिलाे काराेबार दिन आइतबार आज नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ६ हजार रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार ३ रुपैयाँ निर्धारण भएको थियो।

यता, आइतबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ १३ सय ८० रुपैयाँ कायम रहेको थियो।

माघ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्