योजना आयोग गण्डकीको उपाध्यक्षमा गिरधारि नियुक्त

पोखरा- गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल नियुक्त भएका छन्।

आइतबारको मन्त्रिपरिषद् बैठकले गिरधारिलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको गण्डकी सरकारका प्रवक्ता रोेशनबहादुर गाहाले बताए।

उनका अनुसार समिति सदस्यमा तनहुँका डा. सुवास अधिकारी र कास्कीकी डा. शान्ताकुमारी खत्रीलाई नियुक्त गरिएको छ।

उपाध्यक्ष नियुक्त भएका पौडेल गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालामा समेत आयोगको उपाध्यक्ष भएका थिए।

स्याङजाको आँधिखोला गाउँपालिकाको कमेरेका पौडेलले युएनडिपी लगायतका अन्तर्राष्ट्रिय दातृ निकायमा काम गरिसकेका छन् ।

सदस्यमा नियुक्त डा. अधिकारी पनि नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा माओवादीको कोटाबाट सदस्य भएका थिए । त्यतिबेला आयोगको अध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले उपाध्यक्ष थिए । अधिकारी यसपालि पनि दोहोरिएका छन् ।

माघ १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्