धनुषा प्रहरीको हिरासतबाट ६ जना फरार

सांकेतिक तस्बिर।

जनकपुरधाम- धनुषा प्रहरीको हिरासतबाट ६ जना आरोपितहरू फरार भएका छन्।

इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासतमा रहेका ६ जना आरोपितहरू आइतबार राति फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

हिरासतमा रहेका आरोपितहरूमध्ये दुई जना हातहतियार मुद्दा, दुईजना लागुऔषध मुद्दा र एकजना सवारी दुर्घटना मुद्दाका आरोपित फरार भएका हुन्।

फरार अभियुक्तहरूको खोजी भइरहेको प्रहरीले जनाएकाे छ।

माघ १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्