काठमाडाैँ- देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै साेमबार देशभर शहीद दिवस मनाइँदै छ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवनको आहूति गरेका वीरको सम्झनामा प्रत्येक वर्ष माघ १६ का दिन शहीद दिवस मनाउने गरिएको छ।
वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो।
यसैक्रममा आज लैनचाैरमा रहेकाे शहिद पार्कमा पुगी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन।
कार्यक्रममा कामपाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगाेललगायतका विभिन्न व्यक्तित्वहरूकाे उपस्थिति थियाे।
विसं १९९७ मा शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, माथेमालाई सिफलमा तथा माघ १३ गते र श्रेष्ठ एवं चन्दलाई माघ १५ गते शोभाभगवतीमा नागरिक आवाज उठाएवापत राणाशासकले मृत्युदण्ड दिएको थियो।
देश सञ्चारकर्मी सुलभ श्रेष्ठले खिचेका तस्बिरहरू हेर्नूहाेस्: