अयोध्याको लागि ‘देवशिला’ जनकपुरधामबाट प्रस्थान (तस्बिरसहित)

जनकपुरधाम- भारतको अयोध्यास्थित राम मन्दिरका लागि कालीगण्डकीबाट निकालिएकाे देवशिला सोमबार जनकपुरधामबाट पूजापाठ गरी लगिएको छ।
कालीगण्डकीबाट गत बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी शनिबार राति जनकपुरधामस्थित जानकी मन्दिरमा ल्याइएको थियो।
आइतबार जानकी मन्दिरमा दिनभर विशेष पूजापाठ र महाआरति गरी सो शिलालाई सोमबार पूजा पाठ गरेर अयोध्याको लागि पठाइएको हाे।
धनुषाको जटही नाका हुँदै शिलालाई पठाइएको छ।
भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मूर्ति सो शिलाबाट बनाइनेछ।
तस्बिरहरू हेर्नूहाेस् :