काठमाडौँ – देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै सोमबार देशभर शहीद दिवस मनाइएको छ।

जहानिँया राणा शासनविरुद्ध आफ्नो ज्यानको आहुति दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ।

यसैबीच काठमाडौँ महानगरपालिका–२३ स्थिति यंगाल चौरमा निर्मित शहीद धर्मभक्त स्मृति पार्कमा रहेको धर्मभक्तको शालिकमा माल्यार्पण गरी उनको सम्झना गरिएको छ।

त्यसक्रममा प्राध्यापक केदारभक्त माथेमा, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललगायतले शहीद धर्मभक्त माथेमाको शालिकमा माल्यार्पण गरेका थिए।