के गर्दैछ ज्येष्ठ नागरिक स्वाथ्य सेवा अभियान? (भिडियो अन्तर्वार्ता)

काठमाडौँ– ज्येष्ठ नागरिक स्वाथ्य सेवा राष्ट्रिय अभियानले मुलुकभरका वृद्धवृद्धाको यथोचित उपचार गराउने अभियान सुरु गरेको छ।
ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ बाट परीक्षण स्वरुप यो अभियान प्रारम्भ भएको हो।
यसलाई देशव्यापी बनाउने तयारी भएको छ। चिकित्सक डा. सुशील कोइराला, डा. सुमन्त बञ्जाडे लगायतको विज्ञ समूहले यो अभियान सुरु गरेको हो। पूण्यार्जन फाउन्डेसन र नेपाल जेरियाट्रिक सोसाइटीको पहलमा यो अभियान सुरु भएको हो।

छुट्टै कार्यक्रम नभई ज्येष्ठ नागरिकको लागि राज्यले छुट्याएको सेवा सुविधाबाट नै वृद्धवृद्धाको स्याहार सम्भार तथा उपचार गर्ने अभियानको अवधारणा हो।
अभियानमार्फत ७७ वटै जिल्ला तथा ७५३ वटै स्थानीय तहमा रहेका स्वाथ्य ईकाइसँग समन्वय गरेर वृद्धवृद्धासँग जोडिने प्रयास गर्न लागिएको हो।
देशभरका स्थानीय तहका स्वास्थ्य शाखाका कर्मचारीहरुसँगको समन्वयमा अभियान सञ्चालन गर्ने योजना छ।
अभियानसँग जोडिएका चिकित्सकले प्रविधिको माध्यमबाट स्थानीय तहका स्वाथ्य शाखाका कर्मचारीहरु जोडिएर काम गर्ने अभियन्ताहरु बताउँछन्।
सन्तनेता कृष्ण प्रसाद भट्टराईको अवधारणामा अभियान सम्भव भएको हो। भट्टराईको दन्त चिकित्सकको भूमिकामा काम गरेका डा. सुशील कोइरालाले भट्टराईको चाहनाअनुसार अभियान प्रारम्भ भए पनि अभियानमा कुनै राजनीतिक रंग नभएको बताए।

राजनीतिक छायाँ नपरेको र विल्कुल सेवा भावले जोडिएका चिकित्सक, जिल्ला तथा स्थानीय तहका स्वाथ्यसँग सरोकार राख्ने संघ संस्था र व्यक्तिबीचको सहकार्यमा अभियान सफल पार्न खोजिएको प्रष्ट पारे।
अहिले प्रारम्भिक रुपमा गोदावरी नगरपालिका वडा नम्बर १४ वाडेगाउँस्थित किसुनजीको आश्रमबाट अभियान सुरु भएको छ।
अभियान अन्तर्गत अहिले भइरहेका काम, आगामी योजना र चुनौतीबारे किसुनजीको दन्त चिकित्सकको रुपमा लामो समय काम गरेका अभियन्ता डा. सुशील कोइराला र मुटुरोग डा सुमन्त बञ्जाडेसँग देशसञ्चारकी ईश्वरी बरालले गरेको भिडियो संवाद: