
काठमाडौँ – एसियन हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ जारी गर्न लागेको हो।
यसकम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१% अर्थात् ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ।
योमध्ये १०% अर्थात् ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ। ५% अर्थात् ४२ हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरुलाई छुट्याएको छ। बाँकी ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन्।
यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ।