
सांकेतिक तस्बिर।
काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक २.९१ अंकले बढेको छ। यससँगै सूचक २१३०.२९ विन्दुमा अडिएको छ।
यस अवधिमा ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १३ कम्पनीको ११ सय ३ कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल २८ वटा कारोबार भएको छ। कुल ८ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।