सुरुङ भत्किँदा अरुण तेस्रोमा एक मजदुरको मृत्यु, दुई घाइते

फाइल फोटो।

मोरङ – संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्ने एक श्रमिकको मृत्यु भएको छ।

मंगलबार बिहान निर्माणाधीन क्षेत्रको सुरुङभित्र काम गरिरहेको अवस्थामा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पावर हाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा सुरुङ भत्किँदा तामाङको मृत्यु भएको हो। अन्य दुई जना श्रमिक घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते हुनेमा सिन्धुपाल्चोकका ३८ वर्षीय मंगल तामाङ र भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे रहेका छन्। दुवै घाइतेको स्थानीय स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको छ।

प्रहरीले मृत्यु भएका तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाएको जनाएको छ।

माघ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्