प्रहरी हिरासतबाट फरार थप एक थुनुवा पक्राउ, चार जना अझै फरार

जनकपुरधाम – इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासतबाट फरार भएका थप एक थुनुवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–२ बस्ने २५ वर्षीय अमित मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आइतबार राति हिरासत कक्षको पर्खाल भत्काइ ६ जना थुनुवा फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त टोलीले अहिलेसम्म दुई जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

बाँकीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यसअघि प्रहरीले सोमबार हातहतियार खरखजाना मुद्दाका फरार थुनुवा रोशन महतोलाई नियन्त्रामा लिएको थियो।

माघ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्