पाकिस्तानको मस्जिदमा भएको घातक हमलाको चीनद्वारा निन्दा

तस्बिर स्राेत: बिबिसी।

पाकिस्तानको पेसेबारस्थित मस्जिदमा सोमबार भएको घातक हमलाको चीनले निन्दा गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गर्दै यस घटनाबाट आफू स्तव्ध भएको बताएकी छन्।

प्रवक्ता माओले उक्त घटनामा परी निधन भएकाहरू प्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।

उनले मृतक र घाइतेका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै चीन जुनसुकै प्रकारको आतङ्कवादको विरुद्धमा रहेको र आतङ्कवाद विरुद्धको लडाइमा पाकिस्तानको पक्षमा रहेको पनि बताएकी छन्।

सार्वजनिक गरिएको विवरण अनुसार सोमबार भएको सो आक्रमणमा १०० जनाले ज्यान गुमाएका छन् भने २०० भन्दा बढी घाइते भएका छन्।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्