प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्ताे छ कार्यसूची

फाइल तस्बिर।

काठमाडाैँ- प्रतिनिधिसभा बैठक बुधबार बस्दै छ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेपछि बैठक बस्नेछ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहाेरा पढेर सुनाउने, राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेकाे छ।

यसैगरी, सभामुखले संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को (१) बमोजिम गराउने सम्भावित कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ।

यसअघि १० गतेको बैठकले २१ सदस्यीय प्रतिनिधिसिभा नियमावली मस्यौदा समिति गठन गरेको थियो।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्