क्यान विवाद: कार्यवाहक सचिव मल्लले दिए राजीनामा

फाइल तस्बिर।

काठमाडाैँ- नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले मंगलबार बसेकाे बाेर्ड बैठकमा पदबाट राजीनामा दिएका छन्।

नेपाल टी २० लिग, फिक्सिङलगायतका विविध विषयमा क्यानकाे आलाेचना भएपछि उनले राजीनामा दिएका हुन्।

मल्ल नेपाल टी-ट्वान्टी लिगको गर्भनिङ काउन्सिलका अध्यक्ष समेत रहेका थिए।

उनी २०७६ असोज ११ मा क्यानको निर्वाचनबाट केन्द्रीय सदस्यमा नियुक्त भएका थिए।

गत वर्ष तत्कालीन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए।

मल्लकाे ठाउँमा दुर्गाराज पाठकलाई नियुक्त गरिएकाे छ।

 

 

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्