प्रधानमन्त्री दाहालकाे व्यस्तताका कारण माओवादीकाे बैठक स्थगित

फाइल तस्बिर।

काठमाडाैँ- सत्तारूढ प्रमुख दल नेकपा माओवादी केन्द्रकाे बुधबार बस्ने भनिएकाे स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित भएकाे छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे कार्य व्यस्तताका कारण बैठक स्थगित भएकाे प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार बैठक भाेलि बस्नेछ।

आजकाे बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुने बताइएकाे थियाे।

यस्तै, बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने बताइएकाे थियाे।

माओवादीको पदाधिकारी बैठक सोमबार र मंगलबार लगातार बसेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत दिइसकेकाे छ।

यता प्रधानमन्त्री प्रचण्ड भने रवि लामिछानेलाई मात्र नभइ राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने बताएका छन्। गृह मन्त्रालयकाे किचलाेलाई टुंग्याउन उनी आन्तरिक छलफलमा व्यस्त भएका हुन्।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्