प्रि-ओपन सेसन: सामान्य अंकले घट्यो नेप्से

सांकेतिक तस्बिर।

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२५ अंकले घटेको छ। यससँगै सूचक २१११.४३ विन्दुमा अडिएको छ।

यस अवधिमा १९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको ४ हजार ७ सय ६ कित्ता सेयर कारोबार भएको छ।

यसैगरी यस सेसनमा कुल २८ वटा कारोबार भएको छ। कुल १० कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्