
सांकेतिक तस्बिर।
काठमाडौँ – आज साताकाे चाैँथाे काराेबार दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो।
यता, बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ पुगेको छ।
मंगलबार चाँदीको भाउ १३ सय ६५ रुपैयाँ कायम रहेको थियो।