सानिमा मिडिलको आइपीओ भर्ने आज अन्तिम दिन

फाइल तस्बिर।

काठमाडौँ – सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज बुधबार अन्तिम दिन रहेकाे छ।

वैदेशिक रोजगारमा रहेकाले आज माघ १८ गते बुधबार कार्यालय समयसम्म आवेदन दिन सक्नेछन्।

तर, आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि भने फागुन ४ गतेसम्म आइपीओ खुला रहने भएको छ।

उक्त समयभन्दा अगाडि नै मागभन्दा बढी आवेदन परेमा सूचना जारी गरेर बिक्री बन्द गरिने पनि कम्पनीले जानकारी गराएको छ।

सानिमा मिडिल तमोरले माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको ह ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको छ। सोमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि १३ लाख ३३ हजार कित्ता छुट्याएको छ।

आयोजना अति प्रभावित क्षेत्रमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुन गाउँपालिका वडा नं १, मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला वडा नं १ परेका छन्।

यता, प्रभावति ताप्लेजुङ जिल्लाका अन्य स्थानका बासिन्दाहरुलाई भने १९ लाख ९९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ।

साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने ४९ लाख ९८ हजार ७५० कित्ताको १०% अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको हो। यसमा दुवै समूहका आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ। यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्