लोडसेडिङकाे अवधि बढ्याे

सिमकोट- हिल्दुम साना जलविद्युत आयोजनाले दैनिक चौध घण्टासम्म लोडसेडिङ सुरु गरेको छ।

आयोजनाका लागि पानीको स्राेत कम हुनु र भएको पानी पनि बरफ जम्ने भएपछि लोडसेडिङ तालिका वृद्धि भएको हो।

स्थानीय जयबहादुर शाहीले हाल दैनिक चौध घण्टाभन्दा बढी समय लोडसेडिङको समस्या खेप्नु परेको बताए।

लाेडसेडिङले गर्दा बिहानबाट बेलुकाको अधिकांश समय लोडसेडिङ हुने भएको कारण काममा समेत बाधा पर्ने गरेको छ। राति साढे नौ बजेपछि भने भने विद्युत आपूर्ती राम्रो हुने गरेको छ।

हिल्दुम विद्युत वितरण केन्द्रले हिउँदको समयमा पानीको स्राेत कम हुने भएको कारण लोडसेडिङ तालिका वृद्धि भइरहेको जनाएको छ।

आयोजनाले हाल दैनिक एक सय किलोवाट विद्युत उत्पादन गर्ने गरेको छ। जब कि माग एक मेघावाट रहेको छ।

केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजार एक सय भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। केन्द्रको विद्युत उत्पादन क्षमता पाँच सय किलोवाट भए पनि उक्त विद्युत उत्पादन हुन सकेको छैन।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्