महालक्ष्मी बैंकद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयाेग

काठमाडाैँ – महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन्।

बैंकको हेटौँडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ अक्षेरुपी बिस हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।

साहाराविहीन, अशक्त, असाहाय, शारीरिक तथा मानसिक रूपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो।

त्यस्तै, गरी बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौँमा अवस्थित टोखा जेष्ठ नागरिक समाजलाई टेबल हस्तान्तरण गरेको छ।

नगरपलिकाका वडा नं १ देखि ११ सम्मका जेष्ठ नागरिकलाई पर्नसक्ने कठिन कार्यमा सहयोग पुर्याउनका लागि स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबल प्रदान गरेको हो। 

उल्लेखित कार्यक्रम‍सँगसँगै बैंकको चन्द्राैटा शाखाले शिवराज नगरपालिका वडा नं ५ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा नर्सरीदेखि कक्षा ३ सम्म अध्ययनरत १८६ जना विद्यार्थीहरूलाई स्वीटर हस्तान्तरण गरेको छ।

विद्यालय अवस्थित क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्य र अध्ययनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर बैंकले स्वीटर प्रदान गरेको हो।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्