यु-१९ टिमको कप्तानी झाले गर्ने

फाइल तस्बिर।

काठमाडाैँ- फागुन दोस्रो साताबाट सुरु हुने आइसिसी यु-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको कप्तानी गुलसन झाले गर्ने भएका छन्। पोखरामा बसेको बोर्ड बैठकले गुलसनलाई यु-१९ को कप्तानी जिम्मेवारी दिएको हो।

राष्ट्रिय टिमबाट समेत प्रतिस्पर्धा गरिसकेका तीव्र बलर झाले २०२१ सेप्टेम्बरमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय खेलमा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका थिए।

उनले राष्ट्रिय टिमबाट ९ एकदिवसीय खेल खेल्दै १३८ रन बनाउँदा ८ विकेट लिएका छन्। त्यस्तै, उनले टी-२० भने फिलिपिन्सविरुद्ध गत वर्षको फेब्रुअरी १९ मा गरेका थिए। जहाँ उनले १ विकेट लिएका थिए।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ। नेपालको पहिलो खेल फागुन १२ मा सिङ्गापुरविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ।

नेपाली टिम:

आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा

वैकल्पिक खेलाडी:

प्रज्वल थापा, तुल बहादुर थापा, निर्मल थापा, राजेश यादव

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्