थाती रहेका विधेयक तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री प्रचण्ड। फाइल तस्बिर।

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मन्त्रालयमा थाती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई सो निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले जानकारी दिए।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संसदलाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे।

मन्त्री किराँतीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरुबीच छलफल गरिएको बताए।

उनले भने, ‘भर्खरै हामीले सम्पन्न गरेको क्याबिनेट बैठकमा संसदलाई बिजनेश दिने सन्दर्भमा आआफ्नो मन्त्रालयमा परेको विधेयकलाई तपाईहरुले छिटोभन्दा छिटो पठाउनु भनेर प्रधानमन्त्रीले निर्देशन गर्नु भएको छ। त्यसमा हामी सबै लागिराखेका छौँ।’

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्